दफा
प्राविधिक परीक्षण गर्ने
(१) दफा ५ बमोजिम अनुगमन वा मूल्याङ्कन गर्दा योजनाको कार्यान्वयनको गुणस्तरको सम्बन्धमा आवश्यकता अनुसार प्राविधिक परीक्षण समेत गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राविधिक परीक्षणको लागि आवश्यक पर्ने जनशक्ति अनुगमन वा मूल्याङ्कन गर्ने जिम्मेवारी भएको निकायमा नभएमा अन्य निकायमा रहेको त्यस्तो जनशक्ति माग गरी खटाउन सकिनेछ।
(३) उपदफा (२) बमोजिम: प्राविधिक परीक्षण गर्ने जनशक्ति उपलब्ध नभएमा अनुगमन वा मूल्याङ्कन गर्ने जिम्मेवारीप्राप्त निकायले प्रचलित कानून बमोजिम सम्बन्धित विषयविज्ञको सेवा लिन सक्नेछ।
(४) उपदफा (३) बमोजिम सेवा लिने प्रयोजनको लागि अनुगमन वा मूल्याङ्कन गर्ने जिम्मेवारीप्राप्त निकायले विज्ञको सूची (रोष्टर) तयार गरी राख सक्नेछ।